गान्तोक: सोरेङ च्याखुङ निर्वाचन क्षेत्रका विधायक आदित्य गोलेले आज समष्टिका विभिन्न स्थानअन्तर्गत चारवटा स्कूलको नवनिर्मित कक्षा कोठाहरूको विधिवत उद्वघाटन गरे। जसमा मङसारी मगरजुङ जीपीयुको जम्बुडाँडा सरकारी प्राथमिक पाठशाला, खर्पाने सरकारी प्राथमिक पाठशाला, मङसारी सरकारी माध्यामिक विध्यालय तथा बोजेक निम्न माध्यामिक विद्यालयको भवन सामेल छन्। यसरी नै नै विधायक गोलेले टिम्बुरबुङको जनप्रगति युवा संघ समाज घरको पनि उदघाटन गरे। उदघाटन कार्यक्रममा सोरेङ खण्ड विकास अधिकारी पारूहाङ सुब्बा, जिल्ला पञ्चायत टीकाराम छेत्री, मुख्यमन्त्रीका सीए आशमान सुब्बा लगायत अन्यहरूको उपस्थिति रहेको थियो।