सिलगढी: सिलगढीको रेगुलेटेड मार्केटमा दुई गुटमा संर्घष भएको थियो। हिजो यस घटनाले तनाउको माहौल श्रृजना गरेको थियो। दुई गुटमाझको संघर्षलाई लिएर सिलगढीका तृणमूल पार्षद दिलीप बर्मनले विस्फोटक टिप्पणी गर्दै जिल्ला तृणमूल सभानेत्री पापिया घोषविरुद्ध आरोप लगाए। तिनले अझ थप्दै भने कि एउटा गुटले पापिया घोषको सहयोगमा विवाद उत्पन्न गरेको भनी आरोप लगाए। तिनले बताए कि यदि सभानेत्रीले तिनको टिप्पणीबारे कुनै कार्वाही गरेको खण्डमा आफूले पार्षद पद छोड़ि दिनेछु। सिलगढीको रेगुलेटेड मार्केटमा श्याम यादव र उमाशंकर गुटमा धेरै समय अघिदेखि विवाद चलिरहेको थियो ।यसमा दुवै पक्षका श्रमिकहरूमाझ समय-समयमा विवाद हुने गर्दछ।हिजो बिहान पनि दुवै गुटमा झमेला भएको थियो। यसपछि ४६ नम्बर वार्डका पार्षद दिलीप बर्मन राति प्रधाननगर थानामा गएका थिए ।तिनले पुलिस कर्मीहरूसित तिनको विवाद पनि भएको बताइएको छ। थानाबाट बाहिर निस्केपछि तिनले भने, यसभन्दा अघि जिल्ला सभानेत्री श्याम यादवको साथमा घरमा आएर आफूसित चर्चा गरेको थियो। सभानेत्रीको सहयोगमा नै उक्त संघर्ष भएको हो। पार्षद पद नभए तापनि कुनै असुविधा छैन साधारण मानिसहरू मेरो साथमा छ। अर्कोतिर, सभानेत्री पापिया घोषले भनिन्, “यसभन्दा अघि पनि रेगुलेटेड मार्केटमा झगडा भएको थियो। मेरो घरमा आएको थियो, सभानेत्रीको घरमा कोही पनि आउन सक्छ। पार्षद दिलीप बर्मनले प्रायः जसो पार्टीविरुद्ध बोल्ने गर्दछन्। तिनले पहिला पनि मुख्यमन्त्री ममता ब्यानर्जीको बारेमा भनेका थिए।











