ऋषि राईकृत समीक्षा-समालोचना संग्रह सृजन सम्प्रेक्षणको लोकार्पण

IMG_20220910_174318.jpg

खरसाङ: खरसाङका कवि तथा समालोचक, समीक्षक ऋषि राईकृत समीक्षा-समालोचना संग्रह सृजन सम्प्रेक्षणको आज विधिवत् विमोचन गरियो। गोर्खा जनपुस्तकालयको डा0 पारसमणि प्रधान प्रेक्षागृहमा तुलसी प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न समारोहमा प्रमुख अतिथिको रूपमा नाटककार पूर्ण गुरूङ निरुपम थिए भने विशिष्ट अतिथिहरूमा समाजसेवी टीटी लामा, गोजपु उपाध्यक्ष प्रकाश प्रधान, प्रवीण लामा उपस्थित थिए। गोमा सुब्बा प्रधानद्वारा सञ्चालित समारोहमा स्वागत सम्बोधन कवि दिल थापाले राखेका थिए। माता सरस्वतीको प्रतिमामा धूप-दीप प्रज्ज्वलन गरेपछि शुरू गरिएको कार्यक्रममा कवि उषा किरण सत्यदर्शी अनि दिल थापाले कविता वाचन गरे भने दिपक ठटाल जलन अनि पी लक्की शेर्पाले गजल वाचन गरे। पुस्तक प्रकाशनबारे मन्तव्य प्रकाशिका रचना राई अनाकारले राख्दै आर एण्ड आर प्रकाशनबारे विशेष अवगत गराइन्। यस अवधि कवि ऋषि राईको परिचय कवि देवराज मुखियाले राखे। त्यसपछि कवि तथा समालोचक,समीक्षक ऋषि राईकृत समीक्षा-समालोचना संग्रह सृजन सम्प्रेक्षणको विधिवत् विमोचन उपस्थित समारोह अध्यक्ष अनि अतिथिहरूको बाहुलीबाट गरियो। कार्यक्रममा कवि ऋषि राईले आफ्नो मन्तव्य राख्दै समारोहमा उपस्थित सबैप्रति आभार व्यक्त गरे। समारोहका प्रमुख अतिथि नाटककार पूर्ण गुरूङले आफ्नो भनाई राख्दै साहित्यका विभिन्न विधाहरूमध्ये समिक्षा अनि समालोचना पनि एउटा कठिन विधा रहेको जनाए। तिनले वर्तमान समयमा यो विधा हेलित बन्दै गइरहेको चिन्ता व्यक्त गर्दै यद्यपि ऋषि राईको यस संग्रहले यो विधा लेख्नेहरूमा थप उर्जा मिलेको जनाए। सभाध्यक्षको स्मबोधनपछि समारोहमा धन्यवाद ज्ञापन रचना राई अनाकारले राखिन्।

About Author

Advertisement