सोनादा: अंग्रेजकालदेखि मरमत्ति नभएको मार्गरेट्स होप आरुबोटेकोको बाटोमा पक्का अलकत्रे सडक बनिने निश्चित भएको छ। यस बाटोले तीन-चार गाउँहरुलाई जोड्ने अनि यातायातमा स्थानीय ग्रामवासीहरुलाई धेरै सुविधा पुग्ने छ भनी स्थानीयहरुद्वारा प्रशन्नताको साथमा जानकारी गराइएको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाको कुशल नेतृत्वमा पहाडका विभिन्न ठाउँहरुमा विकासमूलक कार्यहरु भइरहेको क्रममा टुङ-सन्तमेरिज समष्टि अन्तर्गत रहेका मार्गरेट्स होप आरुबोटे गाउँमा उक्त बाटोको निर्माणले दीर्घकालीन समस्याको सामाधान हुने भएको स्थानीयहरुले बताएका छन्।
मार्गरेट्स होप क्षेत्रको तीन-चारवटा गाउँलाई जोड्ने बाटोले कालो अलकत्रे सडक बनिने भएपछि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापा, टुङ-सन्तमेरिज समष्टिका सभासद नुरी शेर्पा, गोराबारी-मार्गरेट्स होप ग्राम पञ्चायतका प्रधान पेम्बा तामङ, युवा शक्तिको सचिव दिपेस तामाङ, सल्लाहकार दिलिप गजमेर लगायत स्थानीय गाउँका प्रतिनिधिहरु साथै सम्बन्धित विभागका विभागीय अधिकारीहरुप्रति स्थानीय वासिन्दाहरुद्वारा हार्दिक कृतज्ञता प्रकट गरेका छन्।
दीर्घकालनदेखि उक्त बाटोको समस्या रहेको हुनाले स्थानीय ग्रामवासीहरुले धेरै असुविधाको सामना झेल्नुपरिरहेको अवस्थामा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनद्वारा उक्त बाटोको निर्माणले यातायातमा धेरै सुविधा पुग्नेछ तथा एउटा गाउँदेखि अर्को गाउँसम्मको सम्पर्कलाई अझ दह्रिलो बनाउने जनविश्वासको साथ सबै-सबैप्रति हार्दिक आभार प्रकट गरिएयो।











