नवनिर्मित अवलोकितेश्वरको प्रतिमा अप्पर इच्छे त्रिरत्न बुद्ध पार्कमा अनावरण

IMG_20220910_173128.jpg

कालेबुङ: आज एउटा कार्यक्रमबीच कालेबुङको अप्पर इच्छे शेर्पा गाउँ त्रिरत्न बुद्ध पार्कमा नवनिर्मित अवलोकितेश्वरको प्रतिमाको अनावरण गरियो। बौद्ध धर्म अनुसार विधिपूर्वक तीन दिनको पुजा अर्चना गरेपछि आज लामा दावा ग्यालछेन रिम्पोछेद्वारा अवलोकितेश्वरको प्रतिमा अनावरण गरियो। यस अवसरमा विभिन्न धर्मगुरूहरू लगायत विभिन्न धर्ममा आस्था राख्ने भक्तजनहरू धेरै संख्यामा उपस्थित थिए। आजको धार्मिक अनावरण कार्यक्रममा लामा दावा ग्याल्छेन रिम्पोछेले भक्तजनहरूलाई वाङ प्रदान गरे। त्रिरत्न बुद्ध पार्क यस भेकको धार्मिक सहिष्णुताको उदाहरण बन्न पुगेको साथै पर्यटकहरूको लागि एउटा आर्कषणको केन्द्र बन्न पुगेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement