राज्यपाल गंगा प्रसादले जनाए प्रधानमन्त्री टीबीमुक्त भारत अभियानको उदघाटन कार्यक्रममा सहभागिता

IMG-20220909-WA0161.jpg

गान्तोक: देशकी राष्ट्रपति द्रोपदी मुर्मुले आज प्रधानमन्त्री टीबीमुक्त भारत अभियानको शुभारम्भ गरिन्। उक्त कार्यक्रममा भर्चुउलरूपमा राज्यका राज्यपाल गंगा प्रसाद, स्वास्थ्य मन्त्री डा. एमके शर्मा, सचिव डी. आनन्दनले पनि सहभागिता जनाए। यस अभियान अन्तर्गत आगामी २०२५ सम्म देशलाई टीबीमुक्त गरिने लक्ष्य राखेको छ। प्रधानमन्त्री क्षयरोगमुक्त भारत अभियानले २०२५ सम्ममा देशबाट क्षयरोग उन्मूलन गर्ने महत्वाकांक्षी लक्ष्य हासिल गर्न प्रयास गरिरहेको छ।

यस अभियान अन्तर्गत सबै पृष्ठभूमिका मानिसहरूलाई सार्वजनिक आन्दोलनमा ल्याउने सामाजिक दृष्टिकोणको आवश्यकतालाई उजागर गर्ने लक्ष्य राखेको छ। उल्लेखनीय छ, देशका प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २०१८ मा दिल्लीमा एन्ड टीबी शिखर सम्मेलनमा २०३० को एसडीजीको लक्ष्य भन्दा पाँच वर्ष अघिनै देशमा क्षयरोग अन्त्य गर्ने स्पष्ट आश्वासन दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement