सिमुलबारी गोल्ड कपः टाईब्रेकरमा जीतको साथ एसएसबी रानीडांगा फाइनलमा

IMG_20220909_214919.jpg

९ सेप्टेम्बरः सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको तेस्रो सीजनमा एसएसबी रानीडांगाले टाईब्रेकरमा जीत हासिल गरी फाइनलमा स्थान बनायो। सिमुलबारी खेल मैदानमा शुक्रवार खेलिएको पहिलो सेमिफाइनल म्याचमा एसएसबी रानीडांगाले दार्जीलिङ पुलिसलाई टाईब्रेकरमा ४-२-ले पराजित गऱ्यो। नियमित समय (४०-४० मिनटको दुई हाफ)-को खेलमा दुवै टीमले गोल गर्न सकेन। विजेता टीमका द्विमालु ब्रह्मालाई प्लेयर अव् द म्याच चयन गरियो। अब शनिवार खेलिने दोस्रो सेमिफाइनल म्याचमा जलपाइगढ़ी पुलिस र एमएमएफसी निरपानियाबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। फाइनल १३ सेप्टेम्बरमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement