३१ लाखको सड़क निर्माण कार्य अधुरो राखेकोमा दलबदल बस्तीका बासिन्दाहरुमा आक्रोश

00-46e1b49b-748e-40d0-95f7-0cf1b7a7cf3a

कालचिनी: एक वर्ष अघि नै प्रायः ९०० मीटरको पीसीसी सड़कको काम आधाकल्चो अवस्थामा राखेर बन्द गरिएकोले कालचिनी खण्डको मधु चियाबारी संलग्न दलबदल वनबस्ती बासिन्दाहरुले यातायातको समस्या झेल्न परिरहेको घटना प्रकाशमा आएको छ। ३१ लाखको लागतमा प्रायः डेढ़ वर्ष अघि पारित भएको कार्य कल्भर्ट र रोड़ा मात्र बिछाएर आधाकल्चो बनाइराखेकोले गाउँलेहरुलाई घरबाट पीडब्ल्यूडी सड़कसम्म निस्कन समस्या परिरहेको र स्कूले विद्यार्थीहरुलाई साइकल चलाउन गाह्रो भएको दलबदल वनबस्ती बासिन्दाहरुले बताएका छन्।

गाउँले युवा समाजसेवी प्रकाश छेत्रीले भने, ‘यो सड़क आजसम्म पक्का पीसीसी ढलाई भइसक्नु पर्ने हो, तर ३१ लाखको कामको बिल सम्बन्धित ठेकेदारहरुले पाइसक्दा पनि सड़कको निर्माण पुरा भएको छैनl’ कालचिनी ब्लक प्रशासनसमक्ष यसबारे गुनासो गर्दा पनि कुनै हल ननिस्किएको र यदि यस्तै हो भने दलबदल वनबस्ती बासिन्दाहरुले सड़कमा ओर्लिएर यसको विरोध गर्ने पनि प्रकाश छेत्रीले जनाएका छन्। यता आधाकल्चो कल्भर्ट र रोड़ा मात्र बिछाएकोले धेरै स्कूले विद्यार्थीहरु र गाईबस्तु लड़ेर घाइते बनेको बताउँदै गाउँलेहरुले यदि सड़क पुरा निर्माण नभए काम लिने ठेकेदारविरुद्ध प्रशासनले कड़ा पदक्षेप लिइदिने निवेदन पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement