पाङ ल्हाबसोल पर्वको ११औं दिनको कार्यक्रम सम्पन्न

IMG_20220909_202127.jpg

नाम्ची: आज पाङ ल्हाबसोल पर्वको ११औं दिनको कार्यक्रम नाम्ची जिल्लाअन्तर्गत राभाङलामा सम्पन्न भयो। कार्यक्रममा प्रर्यटन एवं नागरिक उड्डायन विभागका मन्त्री बीएस पन्त मुख्य अतिथि रहेका थिए। कार्यक्रममा आयोजक समितिले म्यारथन म्यान अमर सुब्बा, आम रेस्लिङ प्रशिक्षक गणेश सुब्बा र बडी बिल्डर तेञ्जिङ जामग्यान भोटियालाई पनि अभिनन्दन जनायो। कार्यक्रममा आज अन्तर सिक्किम भलिबल प्रतियोगिताको फाइनल खेलको दई सेट खेलाइयो।
दुई सेट खेलमा दरामदिन र तार्कूले एक-एक सेट जितेको छ भने अन्य सेटहरू भोलि सम्पन्न हुनेछ। त्यसरी नै खुल्ला भलिबल प्रतियोगिताको प्रथम सेमिफाइनल खेलमा जुम सालघारीले अल स्टारलाई पराजित गऱ्यो। दोस्रो सेमिफाइनल खेलमा बीजेएसएसले बर्फुङ रेडलाई पराजित गऱ्यो।
कार्यक्रममा दार्जेलिङ महिल दल र बर्फुङ महिला दलमाँझ भएको लठ्ठा तान्ने खेलमा बर्फुङ महिला दल विजयी भयो। कार्यक्रममा साँस्कृतिक नृत्य आदि पनि सम्पन्न गरिएको थियो। यस अवसरमा मन्त्री भीमहाङ सुब्बा, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, जिल्ला पञ्चायत अध्यक्ष छिरिङडेम भोटिया, विधायक टीटी भोटिया, पूर्व विधायक सोनाम ग्याछो भोटिया आदिको पनि विशेष उपस्थिति रहेको थियो।

About Author

Advertisement