सिलगढी: एनजेपी जीआरपीले आज एक अभियान चलाएर चोरी भएको १५ वटा मोबाइल उद्धार गरेको छ। यस महिना मोबाइल चोरी भएकोबारे जीआरपीमा अभियोग दर्ता गरेको थियो।त्यसै अभियोगको आधारमा जाँचमा जुटेका जीआरपीले चोरी भएको १५ वटा मोबाइल उद्धार गरेको बताइएको छ। जीआरपीका आईसी अनुपम मजुमदारले चोरी भएको मोबाइलको दुईजना मालिकलाई तिनीहरूको मोबाइल सुम्पिदिए। तिनले बताएअनुसार स्टेसन परिसर तथा चल्दै गरेको ट्रेनबाट मोबाइल चोरी भएको अभियोग दर्ता गरिएको थियो। अभियोगको आधारमा अभियान चलाएर सेप्टेम्बर महिनामा चोरी भएको मोठ १५ वटा मोबाइल उद्धार गरेको छ भने तीमध्ये २वटा मोबाइल यसको असली मालिकलाई सुम्पिदिएको छ। उक्त घटनामा केही आरोपीलाई पक्राउ गरेर अदालतमा पेश गरिएको तिनले बताए।