खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवसको अवसरमा पार्टीको महासचिव अमर लामाले पार्टीको प्रतिवेदन राखेका थिए। उनले पार्टीको एक वर्षको उपलब्धिहरूलाई र भविष्यको कार्यहरूलाई विस्तृत रुपमा राखेका थिए। आफ्नो सम्बोधनमा महासचिव अमर लामाले भने, “एक वर्षभित्र पार्टीले दार्जीलिङ्ग नगरपालिकामा हाम्रो पद चिन्ह राख्यो, जीटीए सभाको बोर्ड गठन गर्नु सक्यो। तर सबैभन्दा ठूलो उपलब्धि जीटीए क्षेत्रमा दुई स्तरीय चुनाव भए पनि पञ्चायत चुनाव गराउने पहल सुरु गर्यौ।”
उनले पार्टीको अन्य उपलब्धि विषय बोल्दै भने, “नेपाली भाषा मान्यता दिवस भब्यताको साथ मनायौं। गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका शहीद परिवारलाई नौकरी दिने हामीले घोषणा गरे अनुसार हामीले १३ शहीद परिवारलाई हिजो मात्र नौकरी नियुक्ति पत्र प्रदान गर्यौ।
जीटीएको संभवतः १९ सेप्टेम्बर सभा हुनेछ। जीटीए सभालाई अन्य कुनै विधान सभा जस्तै चलाउने नियमहरु बनाएका छौं, हामी दुई चारवटा प्रस्तावहरु ग्रहण गर्नेछौं।”
प्रमुख प्रस्तावमा गोर्खाको शताब्दी पुरानो राजनैतिक आकांक्षामाथि प्रस्तावना, अस्थायी कर्मचारीहरुलाई स्थायिकरणको प्रस्तावना ग्रहण गर्नेछौ, पर्जा पट्टाको प्रस्तावना रहनेछन्। हामी हाम्रो सिमाना पनि बढाएर लैजाँदैछौं। एमएम तराईको भूभाग पनि अब जीटीए अधिनस्थ हुनेछ।’











