दोछुम विद्यालयमा स्वच्छ भारत कार्यक्रम आयोजित

IMG_20220524_221919.jpg

गान्तोक। चिसोपानी ग्राम पञ्चायत इकाईद्वारा दोछुम निम्न माध्यमिक विद्यालयमा स्वाच्छ भारत कार्यक्रम आयोजना गरियो। यस अवसरमा राज्यका राज्यपाल गंगा प्रसाद मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने साथमा स्वच्छ भारत अभियानका राजदुत सोतइ कुमार लगायत अन्य अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो। देशका प्रधानमन्त्री नरेन्द्र मोदीकोको नेतृत्वमा स्वच्छ अनि स्वास्थ्यवर्धक वातावरण सपनालाई साकार गर्न २ अक्टोबर २०१४ देखि स्वच्छ भारत अभियान देशभरिमा नै राष्ट्रीय आन्दोलनकोरूपमा शुरू गरेको बताए। यस कार्यक्रममा स्वच्छ भारत मिशन अन्तर्गतद्वारा गरिएको कार्यबारे राजदुत सोतइ कुमारले प्रकाश पारे। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल गंगा प्रसादले २१औ शताब्दीमा भारतदेशमा सबै भन्दा प्रभावी आन्दोलन बन्दै गएको बताए।स्वच्छ नै स्वास्थ्यको चाबी रहेको राज्यपालले बताए। वातावरण स्वच्छ भएमा मात्र मानिस स्वास्थ्य रहन सक्ने उनले अवगत गराए। हाल विश्वमा प्रकृतिको दोहन भइरहेको कारण विश्वका मानिसहरूले विभिन्न प्रकारको रोग सिकार हुन पुगेको जानकारी गराए। हाल सिक्किम राज्यले विभिन्न क्षेत्रमा पुरस्कार प्राप्त गरिरहेकोमा उनले खुशी प्रकट गर्दै निकट भविष्यमा पनि सिक्किम विभिन्न क्षेत्रमा अघि बढन सक्ने सम्भावना व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement