नामथाङ क्षेत्रका २२ जना आशाकर्मीहरू सम्मानित

IMG-20220524-WA0192.jpg

गान्तोक। आज नामथाङ क्षेत्रका विधायक एवं मन्त्री सञ्जीत खरेलले सरकारी निवासमा नामथाङ क्षेत्रका आशाकर्मीहरूसँग अन्तरक्रिया गर्दै तिनीहरूलाई सम्मान जनाए। कोरोना महामारीको समयमा आफ्नो ज्यानको समेत वास्ता नगरि स्वास्थ्य क्षेत्रमा काम गरेकोमा आज मन्त्री खरेलले आफ्नो निर्वाचन क्षेत्रका २२ आशा कर्मीहरूलाई सम्मान जनाए। मन्त्री खरेलले तिनीहरूलाई सम्मान स्वरुप प्रोत्साहन स्वरुप उपहार पनि प्रदान गरे। आशाकर्मीहरूलाई मन्त्री खरेलले सहयोग स्वरुप रकम पनि हस्तान्तरण गरे। उक्त रकम आशाकर्मीहरूले आपतकालको स्थितिमा प्रयोग गर्नसक्नेछन्।

यसरी आफुहरुले गरेको कार्यलाई मुल्याङ्कन गर्दै सम्मान गरेकोमा आशाकर्मीहरूले क्षेत्र विधायक एवं मन्त्री सञ्जित खरेलप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन्। आजको यो कार्यक्रममा मन्त्री सञ्जित खरेत सहित उनकी धर्मपत्नी आशा खरेल, नामथाङ क्षेत्रका खण्ड विकास अधिकारी अनि अन्यको उपस्थिति रहेको थियो।

About Author

Advertisement