आठौँ पूर्वोत्तर युवा उत्सवको समापन

IMG-20250320-WA0338

सरकार युवाहरूको निम्ति रोजगार सृजना गर्न सफल भएको छः मुख्यमन्त्री तामाङ

गान्तोक: राजधानीस्थित स्थित पाल्जर स्टेडियममा आयोजित चार दिवसीय आठौँ पूर्वोत्तर युवा उत्सव २०२५ को आज समापन भयो। यस समापन कार्यक्रममा राज्यका मुख्य मन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले आठौं पूर्वोत्तर युवा महोत्सवमा उपस्थित बन्न पाउनु ठूलो आफ्नो लागि सौभाग्यको कुरा रहेको बताए। यस प्रकारको उत्सवमा युवाहरूको ऊर्जा आकांक्षा र सम्भाव्यताको एकसाथ समन्वयता प्रदर्शित भएको उल्लेख गरे। यस बर्षको युवा उत्सवको थीम युथ इम्पावरमेन्ट रिजन इम्पावरमेन्ट, माई भारत विकसित भारत रहेको उल्लेख गर्दै मुख्यमन्त्रीले स्वतन्त्रताको सय वर्षमा भारतलाई पूर्ण विकसित राष्ट्रमा रूपान्तरण गर्ने देशका प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोण विकसित भारत २०४७ को महत्वाकांक्षी मार्गचित्र तयार भएको उल्लेख गरे।

प्रधानमन्त्री मोदीको गतिशील नेतृत्वमा उत्तरपुर्वी क्षेत्रको समग्र विकास र रूपान्तरणमा विशेष महत्व दिइएको उल्लेख गर्दै उनले अष्टलक्ष्मी योजना मार्फत विशेष अवसरहरू उपलब्ध गराएको अवगत गराए। प्रधानमन्त्रीको कुशल नेतृत्वमा ऐतिहासिक माईलखुट्टी स्थापित भएको उल्लेख गर्दै राज्यका युवाहरूका निम्ति धेरै रोजगारका अवसरहरू सिर्जना भएको जानकारी गराए। उध्यम ,कृषि, पर्यटन, खेल, कला लगायतका विविध क्षेत्रमा अवसरहरू उपलब्ध रहेको मुख्यमन्त्रीले अवगत गराए। सिक्किम सरकारले स्थानीय युवावर्गको निम्ति धेरै अवसरहरू सिर्जना गरेको किटान गर्दै यसबाट लाभ उठाउन युवावर्गलाई आवहान गरे।

यस वर्ष सिक्किमले आठौं उत्तरपुर्वी युवा उत्सव आयोजन गर्ने अवसर प्राप्त गरेको जनाउँदै यो कार्यक्रमलाई भव्यताका साथ सफल पार्न सहयोग पु-याउने सबै सहयोगीहरूप्रति सिक्किम सरकार तथा सिक्किमका जनताको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरे। देशका प्रधानमन्त्री मोदी लगायत अन्यहरू प्रति कृतज्ञता प्रकट गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement