गान्तोक जिल्लास्तरीय समीक्षा समितिको बैठक

IMG-20250320-WA0336

गान्तोक: गान्तोक जिल्लाका अतिरिक्त जिल्लापाल सिसुम वाङचुक भोटियाको अध्यक्षतमा आज गान्तोक जिल्लास्तरीय परामर्श समिति एवं जिल्लास्तरीय समीक्षा समितिको बैठक बस्यो। जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको बैठकको उद्देश्य गत त्रैमासिक बैठकमा पारित प्रस्तावबारे समीक्षा गर्नु थियो। यसका साथै ब्यांकर्सहरूको कार्यप्रणालीबारे चर्चा गर्नु थियो। गत ३१ दिसम्बर २०२४ सम्ममा ४० प्रतिशत कम क्रेडिट-डिपोजिट अनुपात भएका २५ प्रतिशत भन्दा कम प्रदर्शन गर्ने र कृषि तथा सम्बद्ध गतिविधि क्षेत्रमा कमजोर प्रदर्शन गर्ने ब्यांकहरूको कार्य सम्बन्धी विभिन्न बुँदाहरूमा छलफल गरियो।
भारतीय रिजर्भ ब्यांकले स्थिरता र वृद्धि सुनिश्चित गर्ने उद्देश्यले ब्यांकिङ क्षेत्रको निरीक्षण र नियममा महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ। बैठकले २०२४-२५ को लागि सरकारद्वारा प्रायोजित योजनाहरू, प्रधानमन्त्री रोजगार उत्पादन कार्यक्रममाथि पनि छलफल गरियो। अध्यक्षले यस योजनाको महत्त्वमाथि प्रकाश पार्दै भारत सरकारको प्रमुख पहलको वर्तमान स्थितिबारे जानकारी लिए। यसका साथै उनले गान्तोक जिल्लामा सञ्चालित ब्यांक शाखाहरूद्वारा जारी गरिएको किसान क्रेडिट स्थितिबारे पनि जानकारी लिए। प्रधानमन्त्री जीवन ज्योति बीमा योजना, प्रधानमन्त्री सुरक्षा बीमा योजना प्रधानमन्त्री जन धन योजना जस्ता विभिन्न सामाजिक सुरक्षा योजनाहरूको पनि गहनरूपमा समीक्षा गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement