अधिकारीहरुको टोलीद्वारा श्रमिक पञ्जीकरण काउन्टरको निरीक्षण

IMG-20250320-WA0335

गान्तोक: राज्यका श्रम विभागका सचिव भीम ठटाल, अतिरिक्त श्रम आय़ुक्त शिरोमणि न्यौपाने लगायत अन्य अधिकारीहरूले हिजो रम्फूको श्रमिक पञ्जीकरण काउन्टरको साथै ईएसआईसी सेवा डिस्पेन्सरीको निरीक्षण गरे। निरीक्षणको क्रममा सचिव ठटालले सम्वन्धित विभागका कार्यरत अधिकारीहरूलाई अन्तक्रिया गर्दै सरकारद्वारा जारी गरिएको विभिन्न प्रकारको कानुनी प्रक्रिया र दस्तावेजलाई प्रभावीसाथमा पालन गर्नुपर्ने निर्देश दिए। सोही प्रकारले सचिव ठटालले एलसी रम्फूलाई नगर पञ्चायतका कार्यकारी अधिकारी साथै खण्ड विकास अधिकारीहरूसँग ट्रेड लाइसेन्स वितरणबारे समन्वय राख्ने निर्देश दिएका छन्। उनले सबै व्यापारिक प्रतिष्ठानहरू व्यावसायिक प्रतिष्ठान ऐन, १९८३ अन्तर्गत दर्ता हुनुपर्ने र रम्फू महकुमा अन्तर्गतका सबै दोकान मालिक र कामदारहरूलाई श्रम सम्बन्धी नियमहरू पालन गर्ने निर्देशन दिएका छन्। उनले राज्यको सरकारको भवन तथा आवास विभागद्वारा सञ्चालन गरिएको श्रम विभागको ईएसआई सेवा औषधालय तथा महकुमा कार्यालय परिसरमा निर्मित भवनको मरम्मति कार्यको पनि निरीक्षण गरे। भवन तथा आवास विभागीय सहायक अभियन्ता अनु हाङ्मा थेबेको उपस्थितिमा सचिवले सम्बन्धित सहअभियन्तालाई पनि यसबारेमा निर्देश दिएका छन्। सचिवले रम्फू चेकपोस्टमा तैनाथ पुलिस अधिकारीहरूसँग पनि कुराकानी गरेका थिए। श्रम विभागको काउन्टरमा दर्ताको लागि श्रमिकहरूको आवतजावत र आवश्यक सहयोगबारेमा जानकारी लिँदै यसबारे पुलिस बलले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आग्रह गरे। यसका साथै सचिवले सिक्किममा आउने श्रमिक पञ्जीकरण प्रक्रिया र यहाँ आउनको मुख्य उद्देश्यबारे जानकारी लिए। सोही प्रकारले रम्फूको डिस्पेन्सरीमा प्रत्येक सप्ताह चार सय भन्दा अधिक रोगीहरू स्वास्थ्य जाँच गराउन आएको थाह पाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement