भटामस बीउको तकनिकी उत्पादनबारे प्रशिक्षण

IMG-20250320-WA0331

गान्तोक: नाम्ची जिल्लाको कृषि विभाग र आइसीएआर नयाँ दिल्लीको संयुक्त पहलमा आज सुम्बक खण्डमा भटामास बीउ उत्पादन तकनिकीबारे प्रशिक्षण कार्यक्रम आयोजना गरियो। यस प्रशिक्षण कार्यक्रमको उद्देश्य स्थानीय कृषकहरूलाई जैविक भटामास बीउ उत्पादनको निम्ति नयाँ तकनिकीबारे प्रशिक्षित गर्नु रहेको थियो। प्रशिक्षण कार्यक्रममा कृषि विभागका उपनिर्देशक डा. नेशन चामलिङ स्रोतवक्ताकोरूपमा उपस्थित रहेका थिए। उनले आफ्नो सम्बोधनमा जैविक भटमास उत्पादनको निम्ति प्याकेज कसरी गर्नुपर्ने हो सोबारे विस्तृतरूपमा जानकारी गराए। सोही प्रकारले उपनिर्देशक वाङग्याल लेप्चाले कृषि विभागले बीउ र अन्न बीचको भिन्नताबारे सम्बोधन स्पष्टरूपमा बताउँदै, यस विषयमा किसानहरू सचेत हुनुपर्ने आग्रह गरे। उनले सिक्किम एक जैविक राज्यकोरूपमा मान्यता पाएकोले यसको निम्ति अनुकूलित गुणस्तरीय जैविक प्रमाणित बीउ उत्पादनमा ध्यान केन्द्रित गर्नुपर्ने अपील गरे। लेप्चाले थप जानकारी गराए अनुसार यस विषयमा सम्वन्धित विभागका विभिन्न योजनाहरू जस्तै पीएम किसान, पीएएफबीवाई, पीडीएमसी, माटो स्वास्थ्य र उर्वरता, कृषि जनगणना, सामान्य बाली अनुमान सर्वेक्षण, लगायत अन्यबारेमा जानकारी गराए। सोही प्रकारले एडीओ मीना शर्माले माटोको स्वास्थ्य र माटो स्वास्थ्य कार्डकोमहत्त्वबारे अवगत गराइन्। यसै क्रमाम बीउ रोग विशेषज्ञ प्रतिमा राईले भटमास उत्पादनमा देखिएका बीउ रोगहरूको विस्तृतरूपमा विश्लेषन गरिन्। यस प्रशिक्षण कार्यक्रममा सुम्बुक खण्डका क्षेत्रिय कार्यकर्ताहरू सहित ५० जना कृषकहरूले सहभाहिता जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement