गान्तोक: केन्द्रीय गृहमन्त्रीको अध्यक्षतामा हालै बसेको उत्तरपूर्व राज्यका मुख्यमन्त्रीहरुको बैठकले तय गरेको नयाँ अपराधिक कानूनहरुको कार्यन्वयनलाई लिए सिक्किम सरकारले पनि नप्रभावी पदक्षेप लिएको छ। उक्त बैठकमा लिएको निर्णयबारे समीक्षा गर्न आज टाशीलिङ सचिवालयमा एक उच्चस्तरी य बैठक सम्पन्न भयो। मुख्य सचिव आर तेलाङको अध्यक्षतामा बसेको बैठकमा राज्यका पुलिस महानिर्देशक अक्षय सचदेवा, कानून एवं गृह विभागका सचिव लगायत सम्वन्धित विभागीय अधिकारीहरूले सहभागिता जनाएका थिए। बैठकमा केन्द्रीय गृहमन्त्रीसँग भएको छलफलको परिणामबारे समीक्षा गर्नको साथै राज्यसँग सम्बन्धित प्रमुख निर्णयहरूको कार्यान्वयनबारे पनि छलफल गरिएको छ। नयाँ कानूनहरुको कार्यन्वयनमा आधुनिकीकरण र दक्षता बढाउन ई-साक्ष्यलाई अप्नाउने र दक्षता बढाउन आईसीजेएस २.० लागु गर्ने विषयमा जोड दिइयो। बैठकलाई सम्बोधन गर्दै मुख्य सचिव तेलाङले राज्यका सबै सरोकारवालाहरूलाई मुद्दाहरूमाथि द्रुत कारबाही सुनिश्चित गर्ने निर्देशन दिँदै सबै सम्बन्धित सरोकारवालाहरूलाई तालिम प्रदान गर्नुपर्ने विषयमा ध्यान केन्द्रित गराए।