हाउजिङ फर अल योजनाको लाभार्थीहरुले ७४ करोड ४२ लाख २४ हजार रुपियाँ पाउनु पर्ने तर अहिलेसम्म सरकारबाट २४ करोड ३४ लाख, ५४ हजार ५ सय रुपियाँ मात्र प्राप्त भएको जानकारी

IMG-20250320-WA0221

खरसाङ: खरसाङ नगरपालिका क्षेत्रमा हाउजिङ फर अल योजना अन्तर्गत २०१५-१६ देखि २०२१-२२ सालसम्मको सम्पूर्ण विवरण बिहीबार एक पत्रकार सम्मेलन बोलाएर जानकारी गराएका छन्‌‌। बिहीबार खरसाङ नगरपालिकामा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, कार्यकारी अधिकारी कैलाश प्रसाद, खरसाङ नगरपालिकाको अधिकारी गोबिन्द अधिकारी, सभासद श्याम शेर्पा उपस्थित भएर हाउजिङ फर अल योजना विषयमा पत्रकारहरुलाई विस्तृत रुपमा जानकारी गराएका छन्। यस क्रममा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङले पत्रकार सम्मेलनमा हाउजिङ फर अल योजनाको विस्तृत जानकारी गराएका छन्‌‌। उनले यस योजना अन्तर्गत अहिलेसम्म १७८९ जना लाभार्थीहरु रहेको र लाभार्थीहरुको घर निर्माणको लागि अहिलेसम्म ७४ करोड ४२ लाख २४ हजार रुपियाँ सरकारबाट पाउनु पर्ने तर अहिलेसम्म सरकारबाट २४ करोड ३४ लाख, ५४ हजार ५ सय रुपियाँ मात्र प्राप्त भएको अनि ५० करोड ७ लाख ६९ हजार ५ सय रुपियाँ अझैं पाउनु पर्ने बाँकी रहेको जानकारी गराएका छन्। उनले यस योजना अन्तर्गत अहिलेसम्म सरकारबाट केवल ३२,७१३ प्रतिशत रकम मात्रै प्राप्त भएको जानकारी गराएका छन्‌‌। अहिलेसम्म विभिन्न सालहरुमा‌ पाएको रकम साथै लाभार्थीहरुलाई प्रदान गरिएको विभिन्न रकम अनि लाभार्थीहरुको घर निर्माण विषयमा विस्तृत रुपमा जानकारी गराएका छन्। खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङले विभिन्न आरोपहरु लगाउनुभन्दा बरु विस्तृत जानकारी लिएको राम्रो भनी बताउँदै आफुहरु समक्ष यस योजनाको सम्पूर्ण विवरण सुरक्षित रहेको जानकारी गराएका छन्। यसको साथै हाउजिङ फर अल योजनाको विषयमा विभिन्न प्रश्नहरुको उत्तर पनि दिएका छन्। गुरुङले‌ भने, हामी लगातार रुपमा सरकारसित टचमा छौं। सरकारलाई पत्रचार पनि गरिरहेका छौँ। हालैमा केन्द्रले राज्यलाई रकम दिएको र अब राज्यले पनि रकम हामीलाई चाढै नै दिन्छ भन्ने कुरामा आशावादी छौं। केही ढिलाई भएको छ तर लाभार्थीहरुलाई हतास नभईदिने बरु केही समय पर्खिदिने आह्वान् गर्दछु।’
उनले जानकारी गराए अनुसार खरसाङ नगरपालिकामा हाउजिङ फर अल योजनामा वर्ष २०१५-१६ देखि २०२१-२२ सम्मको सम्पूर्ण विवरण दिन्दै कुन सालमा कति रकम आयो र कति रकम लाभार्थीहरुले पाएका छन् साथै कतिवटा घरहरु निर्माण भईसकेको छ सबै विवरण दिएका छन्। उनले हाउजिङ फर अल योजनाको घरहरु निर्माण कार्य पूरा भईसकेपछि लाभार्थीहरुबाट प्रमाण पत्रहरु प्राप्त गरिसकेको र सबैको प्रमाण पत्रहरुसहित सुरक्षित राखिएको जानकारी गराएका छन्‌‌। उनले आवश्यक परेमा हाउजिङ फर अल योजनाको विषयमा छलफल गर्न तयार रहेको पनि बताएका छन्। उनले लाभार्थीहरुले हरेकले २५ हजार गरेर संकलन गरेको‌ कुरालाई पनि खण्डन गर्दै लाभार्थीहरु सबैले २५ हजार गरेर जमा नगरेको बताउँदै यसमा कतिले २५ हजार त कतिले १५ हजार, १० हजार र कतिले त ५ हजार गरेर पनि रकम जमा गरेको अनि जमा गरेको रकम पनि घर निर्माण कार्य पूरा भएपछि प्रदान गरिएको जानकारी गराएका छन्। यसको साथै समय समयमा रकम आईरहेको र ती रकमहरु पनि प्राथमिकता अनुसार लाभार्थीहरुलाई विस्तारै प्रदान गर्दै गईरहेको साथै घर निर्माण कार्यको निरन्तर निरीक्षण गरिरहेको जानकारी पनि गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement