खरसाङ नगरपालिकामा मैला व्यवस्थापन विषयमा पेम्बा रिम्पोर्छेको गम्भीर आरोप

IMG-20250320-WA0216

खरसाङ: खरसाङ नगरपालिकाले विभिन्न बहाना बनाएर पैसा उठाएको आरोप गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिको अध्यक्ष एंव बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले आरोप लगाएका छन्। उनले एक भिडियो जारी गर्दै वर्तमान समयमा खरसाङ नगरपालिका क्षेत्रमा मैला व्यवस्थापनमा ढिलाईप्रति जानकारी गराउँदै मैला उठाउने निर्मल बन्धुहरुको मासिक वेतनमा‌ तीन तीन महिनादेखि वेतन नपाएको तर नगरपालिकाले भने केवल बाहाना बनाएर पैसा उठाउने गरेको आरोप लगाएका छन्।‌ उनले प्रत्येक घर अनि दोकानपाटबाट नगरपालिकाले मासिक 50 रुपियाँ गरेर उठाउने गरेको तर उक्त पैसा कहाँ जान्छ त्यसको कुनै अत्तो पत्तो नभएको आरोप पनि लगाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement