हामीले पनि आत्माबाट नै हाम्रो भाषा र जातिलाई‌ माया गरौं: सभासद अनोश थापा

IMG-20250320-WA0215

सोनादा: अब हामी पनि सबैजना अघि आएर नेपाली भाषामा‌ नै प्रशासनिक आवेदनहरुका साथमा सबै दोकान पाटहरुमा पनि लेख्न शुरु गर्नुपर्छ भनी एकजना भाषाप्रेमी साथै सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापाले बताएका छन्‌। उनले एक भिडियो जारी गर्दै समतल क्षेत्रमा सिलगढी नगर निगम अबोप्रान्त सिलगढी क्षेत्रमा रहेको दोकान पाटतिर हरेक व्यवसायीहरुले अनिवार्य रुपमा दोकानको साइन बोर्डहरु बंगला भाषामा लेखिनु पर्ने अधिसूचना विषयमा आफ्नो मन्तव्य राखेका छन्। उनले भने, के नेपाली भाषामा‌ विभिन्न बजारका पसलहरु, स्थानहरुको नाम लेख्नु प्रशासनको मात्रै जिम्मेवारी हो? यदि हामी हाम्रो भाषालाई उत्तिकै माया गर्छौं भने जतिको अन्य जातिले माया गर्छ तेतिकै हामी पनि नेपाली भाषालाई माया गर्दै कार्य रुपमा प्रकट गर्नुपर्छ।‌’
सभासद अनोश थापाले अघि भने, अरुको देखासिकी नगरेर अनिवार्य रुपमा बजार दोकानतिर नेपाली भाषामा‌ साइन बोर्डहरु लेखिदिने आह्वान् गर्दछु। तर अरुले अधिसूचना जारी गर्दा र अरुले गर्दा मात्र नराम्रो प्रचार गर्छौं अनि अरुले चलाउँदा मात्रै हामीलाई हाम्रो भाषा, जाति र अस्तित्वको याद आउँछ तर यस्तो कुरा नगरेर हामीले आत्माबाट नै हाम्रो भाषा र जातिलाई‌ माया गरौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement