भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकोे वार्ड नम्बर १३ मा सभा सम्पन्न

IMG-20250320-WA0209

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीकोे तत्वधानमा वार्ड पसौं अभियानलाई अघि बढाउँदै खरसाङ नगरपालिकाको वार्ड नम्बर १३ सभा सम्पन्न भएको छ। उक्त सभा भागोप्रमो खरसाङ महकुमा कार्यालयमा सम्पन्न भयो। सभाकोे सञ्चालन टाउन कमिटीका कार्यवाहक सचिव बीरबल पाख्रिनले गरेका थिए भने सामशुल हककोे अध्यक्षतामा सभा सम्पन्न भएको थियो। यस सभामा सर्वप्रथम टाउन कमिटीका नारी शक्तिका मूल सचिव दीपा छेत्रीले सभामा सर्वप्रथम उपस्थित नारीहरुलाई वृहत रूपमा उपस्थित भई दिएकोमा धन्यवाद दिँदै अघि पनि सांगठनिक रूपमा संगठनलाई बलियो बनाउनमा सहयोग गरिदिने निवेदन गरिन्। उनले पार्टी अध्यक्ष अनित थापाले प्रत्येक वार्डमा भईरहेको विकासमूलक कार्यहरूकाे निगरानी गर्नु पर्छ भनी दिएको सुझावलाई नारीहरूले पनि गम्भीरतासँग लिनु पर्ने समय आएको छ र यसलाई हामी सम्पूर्ण नारी शक्ति एक भएर प्रत्येक वार्डमा निगरानी गर्नुपर्छ र यसको निम्ति सांगठनिक रूपमा एक हुन सबैलाई आग्रह गरिन्। टाउन कमिटी युवा शक्तिका कार्यवाहक अध्यक्ष बन्धन लामाले दार्जिंलिङको राजनैतिक इतिहासमा सम्पूर्ण पहाडलाई चलाउन हेतु हाम्रो खरसाङबाट अनित थापा हुनु नै हाम्रो निम्ति गर्व कोे कुरा हो र आज सम्पूर्ण खरसाङमा अनित थापाकोे विकल्प नरहेको सभामार्फत सबैलाई प्रश्न गर्दै हाम्रो खरसाङकाे विकासकोे निम्ति सबैले अनित थापाको हात बलियाे बनाई दिने आग्रह गरे। केन्द्र समिति सदस्य तथा टाउन कमिटीका संयोजक समीर दीप ब्लोनले पहाडमा जति पनि राजनैतिक पार्टी लगायत नेताहरूले गोर्खाल्याण्डको नाममा भोट मागे र पहाडमा राज गरे तर एक मात्र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले विकासकोे नाममा भोट मागेर जनताकोे हितमा काम गर्नु आएको हो र गरिरहेको छ भनी बताएका छन्। उनले चुनावकोे समय चुनावी मेनुफेष्टोमा भनेको कुराहरु पुरा गरिरहेको छ र पहाडको आधारभूत संरचनालाई राम्रो बनाउनकाे निम्ति वचनबद्ध भएर स्कूल सर्विस कमिसन, पञ्चायत राज, आईटी हब लगायत विभिन्न विकासमूलक कार्यहरू पार्टी अध्यक्ष अनित थापाकोे कुशल नेतृत्वमा भईरहेको बताएका छन्। उनले भने, समस्या छ भने समाधान पनि हुन्छ र समस्याको समाधानकोे निम्ति सबै एकत्रित हुन् आवश्यक हुन्छ र आउँदो दिनमा यसरी नै संपूर्ण १३ नम्बर वार्डका प्रतिनिधि सदस्यहरु एकजुट भई संगठनको धरातल बलियो बनाई राख्ने आग्रह गरे। सभामा उपस्थित वोर्डवासीले कतिपय समस्यासँग टाउन कमिटीलाई अवगत गराउँदै समस्याको समाधानको निम्ति पहल गरिदिने निवेदन गरे। यसरी नै २८ नम्बर समष्टि नारी शक्तिका अध्यक्षा सुषमा मुखिया वक्तव्य राखेकी थिइन्।‌ सभामा महकुमा समिति युवा शक्तिका अध्यक्ष प्रेमेन्द्र गुरुङ टाउन कमिटीका प्यारेन्ट्स बडीका अध्यक्ष राजू शर्मा, कार्यवाहक अध्यक्ष संदीप बल, सह सचिव संजय मुखिया, कोषाध्यक्ष राजेन प्रधान, कार्यकारणी सदस्य विजय गुरुंग, विकास तामाङ्ग, संतोष परी, रतन शेर्पा २८ नं. समष्टि नारी शक्तिका अध्यक्षा सुषमा मुखिया, टाउन कमिटी नारी शक्ति का उपाध्यक्ष नितु गुरुङ सह सचिव निर्मला बराइली सरिता मुखिया कार्यकारिणी सदस्य डिम्पी लगायत अन्य सदस्यहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement