शिलंग: सन्न्यासको फसेलालाई फिर्ता लिएर मैदानमा ओर्लिन साथ सुनिल छेत्रीले प्रभावशाली प्रदर्शन गर्दै भारतलाई जीत दिलाए। जवाहरलाल नेहरू स्टेडियममा खेलिएको इण्टरनेशनल मैत्री म्याचमा भारतले मालद्वीपविरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। भारतको तर्फबाट राहुल भेकेले ३४औं, लिस्टन कोलासोले ६६औं र कप्तान सुनिल छेत्रीले ७६औं मिनटमा गोल गरे। यस जीतको साथै भारतले गत १२ वटा म्याचदेखि जारी जीतको खड़ेरीलाई पनि समाप्त गऱ्यो। गत वर्ष इण्टरनेशनल फूटबलबाट सन्न्यास लिने ४० वर्षीय सुनिलले बुधवार राति आफ्नो ९५औं इण्टरनेशनल गोल गरे। भारतीय टीमको दुर्दशालाई देखेर उनले सन्न्यासको फसेलालाई फिर्ता लिँदै राष्ट्रिय टीममा फर्किने फसेला गरेका थिए। प्रशिक्षक मनोलो मार्क्वेजको मार्दगर्शनमा यो भारतीय टीमको पहिलो जीत पनि हो। भारतले अब एएफसी एशियन कपको क्वालीफाईंग राउण्डमा २५ मार्चमा बंग्लादेशविरुद्ध खेल्नेछ।