पीभी सिन्धूको निराशाजनक हारबीच श्रीकान्तको जीत

IMG-20250320-WA0063

नयाँ दिल्ली: दुईपल्टकी ओलम्पिक पदक विजेता तथा पूर्व वर्ल्ड च्याम्पियन पीभी सिन्धू स्विस ओपन ब्याडमिण्टन टुर्नामेण्टमा पहिलो राउण्डमै हारेर बाहिर भइन्। यस साल सिन्धूको खराब प्रदर्शनको क्रम जारी रह्यो। विश्वकी १७औं नम्बरकी खेलाड़ी सिन्धूलाई विश्वकी ३१औं नम्बरकी खेलाड़ी जूली जेकबसनले ६१ मिनटसम्म चलेको म्याचमा २१-१७, २१-१९-ले पराजित गरिन्। यसरी सिन्धू यस साल लगातार तेस्रोपल्ट पहिलो राउण्डमा पराजित भइन्। उनले इण्डिया ओपनको क्वार्टर फाइनलमा पुगेर सालको शुरुवात गरेकी थिइन्। त्यसपछि इण्डोनेशिया मास्टर्स, अल ईंग्ल्याण्ड ओपन र यसपाली स्विस ओपनमा पहिलो राउण्डमै बाहिर भइन्। स्विस ओपनमा उनले २०२२-मा खिताब जितेकी थिइन्। यसबीच पुरुष एकलमा चाहिँ किदाम्बी श्रीकान्तले शुरुवाती राउण्डमा आफ्नै देशका एचएस प्रणयलाई पराजित गरी प्री-क्वार्टर फाइनलमा प्रवेश गरे। म्याच चरम रोमाञ्चक रह्यो, जसमा श्रीकान्त २३-२१, २३-२१-ले विजेता बने। पुरुष एकल ऱ्याङकिंगमा ४९औं नम्बरमा रहने श्रीकान्तले अब अघिल्लो राउण्डमा विश्वका छैटौं नम्बरका खेलाड़ी चीनका ली शिफेंगको चुनौती स्वीकार्नेछन्।
यसरी विश्वका ६४औं नम्बरका खेलाड़ी क्वालीफायर शंकर सुब्रमण्यनले पुरुष एकलको म्याचमा मेग्नस जोहानिसनलाई २१-५, २१-१६-ले पराजित गरी दोस्रो राउण्डमा प्रवेश गरे। अब उनको सामना डेनमार्कका विश्वका दोस्रो नम्बरका खेलाड़ी एण्डर्स एण्टोनसेनसँग हुनेछ। महिला एकलमा अनुपमा उपाध्याय र इशारानी बरुआ पनि आ-आफ्नो म्याच जितेर दोस्रो राउण्डमा पुगिन्। अनुपमाले आफ्नै देशकी नमोल खरबलाई २१-१४, २१-३-ले पराजित गरिन्। यसरी इशारानीले आकर्षी कश्यपलाई २१-१८, १७-२१, २०-२२-ले पराजित गरिन्। यसबीच मालविका बन्सोड़, किरण जर्ज र आयुष शेट्टीसहित रहल भारतीय खेलाड़ीहरू चाहिँ पहिलो राउण्डबाट अघि बढ़्न सकेनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement