कालचिनी: बिहीबार कोदाल बस्ती रेञ्जअन्तर्गत मन्थराम बीटको वनकर्मीहरुले संयुक्त अभियान चलाउँदा ४० सीएफटी सयगुणको लट्ठासहित ५ वटा साइकल जफत गरेको मन्थराम बीट अधिकारी राजीव चक्रवर्तीले बताएका छन्। गोप्य सूचनाको आधारमा वनकर्मीहरुले अभियान चलाउँदा मेन्दाबारी क्षेत्रबाट उक्त सफलता हासिल गरेको होl यद्यपि यससित संलिप्त कसैलाई पनि पक्राउ गर्न नसकिएको वन विभागले बताएको छ। बरामद गरिएको काठको बजार मूल्य प्रायः १ लाख बराबर रहेको वन विभागको भनाइ छ।