गान्तोक: नेवार समुदायलाई इन्द्रजात्रा पर्वको सिक्किमका राज्यपाल गंगा प्रसादले सिक्किमवासीहरू, विशेषगरि हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।
राज्यपालले आज जारी आफ्नो सन्देशमा भनेका छन्, इन्द्रजात्रा पर्व मान्यता अनुसार वर्षाका देवता इन्द्रदेवको आराधनासॅंग सम्बन्धित छ। भगवान इन्द्रको पूजा अर्चनाले हामीलाई कहिले पनि वर्षाको कमी हुँदैन र हाम्रो अन्नको भण्डार सदैव भरिरहन्छ।
तिनले अझ भनेका छन्, वर्षाले मानव जीवनमा अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। पानी बिना जीवन सम्भव छैन। राज्यपालले यो चाड हाम्रो धार्मिक, सांस्कृतिक, सामाजिक अनि आध्यात्मिक हरेक दृष्टिमा विशेष महत्व राख्दछ भनी बताएका छन्। उनले हामी आफ्नो परम्परा, संस्कृति पालन गर्दै अन्यहरूका संस्कृतिको पनि सम्मान गरौं अनि जलको पनि संरक्षण गरौं भनी आह्वान गरेका छन्।










