सिक्किम ग्रामीण पर्यटन महोत्सवको तयारी

IMG-20250317-WA0264

गेजिङ: आगामी सिक्किम ग्रामीण पर्यटन महोत्सव तयारीलाई लिएर आज उत्तरेको गुम्बाडाँडामा क्षेत्र विधायक सुदेसकुमार सुब्बाले पत्रकार सम्मेलन डाके। विधायक सुब्बाले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको भिजनअनुरूप ग्रामीण पर्यटन क्षेत्रलाई बढावा दिने उद्देश्यले यस प्रकारको पहल शुरू गरिएको बताए। उनले थप जानकारी गराएअनुसार सिक्किम इन्स्पायर्स योजनाअन्तर्गत आयोजना गरिने महोत्सवको उद्देश्य ग्रामीण पर्यटनमार्फत आर्थिक समावेशीकरणलाई बढावा दिनु रहेको छ। महोत्सवमा भूटान र नेपालका प्रतिनिधिहरूसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त ट्राभल एजेन्सीहरूको सहभागिता रहनेछन्। उनको भनाइअनुसार ३२ निर्वाचन क्षेत्रका ग्रामीण पर्यटन विकास, होमस्टे सञ्चालकहरू र अन्य सरोकारवालाहरूले उक्त एजेन्सीहरूसँग प्रत्यक्ष रूपमा अन्तरक्रिया गर्नेछन्। जसले सिक्किममा व्यापार वृद्धिलाई सहज बनाउने र ग्रामीण पर्यटन क्षेत्रलाई सुदृढ बनाउन सक्ने सम्भाना रहेको उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement