.अस्पतालको बेडबाटै सुत्केरीले परीक्षा दिइन्

IMG-20250317-WA0160

उत्तर दिनाजपुर: बच्चा जन्मेको दोस्रो दिन यी महिलाले अस्पतालको बेडबाटै उच्च माध्यमिक परिक्षा दिएकी छिन्। इस्लामपुर सुपर स्पेशलिटी अस्पतालमा महिलाले हिजो बच्चा जन्माएकी हुन्। तर आफ्नो अदम्य दृढता र हिम्मतका साथ उनी आज उच्च माध्यमिक परीक्षामा सहभागी भइन्। पारिवारिक स्रोतका अनुसार उनलाई हिजो सुपर स्पेशलिटी अस्पतालमा भर्ना गरिएको थियाे। उनको घर उत्तर दिनाजपुर जिल्लाको चोपडा थानाको कलेजपाडा क्षेत्रमा छ।  उनी चोपडा थानाको सोनापुर हाईस्कुलमा पढेकी र उनको सिट इस्लामपुर शहर काे चोपड़ाझार गर्ल्स हाई स्कूलमा परेकाे छ।
इस्लामपुर डिभिजनल अस्पतालका अतिरिक्त सुपरिटेन्डेन्ट सन्दिपन बनर्जीले एक बिरामी उच्च माध्यमिक परीक्षाको परीक्षार्थी रहेको र उनी स्त्री रोगबाट पीडित भएको थाहा पाएको बताए। हामीले आज उनको परीक्षाको व्यवस्था गरेका छौं।
यसबारे सबै विभाग र पुलिस प्रशासनलाई जानकारी गराई हाल उनी त्यहीँ परीक्षामा बसिरहेकी छन्। अहिले आमा र बच्चा दुवै स्वस्थ छन्।

About Author

Advertisement