गान्तोक। राज्यको एक गैर सरकारी संस्था भोइसले आफ्नो तेस्रो स्थापना आगामी २८-२९ मईमा पालन गर्ने भएको छ। आज राजधानीस्थित जर्नलिस्ट यूनियन अफ् सिक्किमको कार्यालमया आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संस्थाकी सदस्य सरस्वती राईले तीन वर्षको अवधिमा संस्थाले गरेको गतिविधिबारे विस्तृतरूपमा जानकारी गराइन्। विशेष गरेर यस संस्थाले पर्यावरण संरक्षण सम्वन्धि स्थापनाकालदेखि नै कार्य गर्दै आइरहेको अवगत गराइन्। उनको भनाइ अनुसार यस संस्थाले पर्यावरण संरक्षण लगायत, सरसफाई, कोविड-१९ को समयमा टीकाकरण, रोगीहरूलाई घर – घरमा खाद्य सामग्री पुऱ्याउने जस्ता काम गरेको बताइन्। सोही प्रकारले पर्यावरण साथै सर सफाई सम्वन्धि संस्थाले विभिन्न विद्यालयमा पुगेर कार्याशालाको आयोजना गरेको जानकारी गराइन्। नाम्ची नगर निगमसँग मिलेर सामाजिक कार्यमा हात बढाइरहेको उनले दावी गरिन्। यसरी नै अर्को सदस्य सञ्जय राईले आगामी २८-२९ मईको दिन पालन गरिने दुई दिवसीय स्थापना दिवसकोबारेमा जानकारी गराए। उनको भनाइ अनुसार जयवायु परिवर्तनले विस्तारै विश्वमा खाद्य संकट हुनु सक्ने सम्भावना व्यक्त गरे। यसर्थ अहिलेदेखि नै मानव जातिले पर्यावरण संरक्षण सम्वन्धि ध्यान दिनु पर्ने आग्रह गरे।