रिता गुरूङले मिसेस इन्डिया वल्डको उपाधि जितिन्

IMG-20220524-WA0186.jpg

गान्तोक। गत ३० अप्रेलको दिन देशको राजधानी दिल्लीमा आयोजित मिसेस इन्डिय़ा वलर्ड प्रतियोगितामा सिक्किमकी रिता गुरूङ प्रथम बनेकी छन्। उनी मिसेस इन्डिया वल्डको उपाधि जित्न सफल बनेको बताइन्। आज राजधानीस्थित जर्नलिस्ट यूनियन अफ् सिक्किमको कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गुरूङले उक्त प्रतियोगितामा देशभरिका कूल ३० जनाले सहभागिता जनाएको जानकारी गराइन्। सिक्किम जस्तो सानो राज्यबाट गएर पनि प्रथम स्थान ओगटन सफल बनेकोमा खुशी प्रकट गरेकी छन्। तर सोही प्रतियोगितामा उपबिजेता बनेकी सुधाले पनि आयोजक समितिको गतिविधिमाथि प्रश्न तेर्साएकी छन्। उनको भनाइ अनुसार सहाभागिता जनाउने सबै राज्यका प्रतियोगीहरूलाई बिजेताहरूलाई मिसेस इन्डियाको उपाधि दिएकोमा आपत्ति जनाइन्। सो प्रतियोगितामा प्रश्न उत्तर सत्र नराखेको र परिचयको क्रममा दिएको प्रश्न उत्तरलाई नै प्राथमिकता दिएर पहिलो,दोस्रो र तेस्रो घोषित गरेको बताइन्। अबोप्रान्त राज्यका कुनै पनि महिलाहरूले यस प्रकारको प्रतियोगितामा सहभागी बन्न भन्दा अघि सोच्नु पर्ने आग्रह गरेकी छन्।

About Author

Advertisement