सिलगढी: उत्तर बंगाल विश्वविद्यालयका उपकूलपतिलाई एसएससीमा भ्रष्टाचार गरेको आरोप लगाउँदै पक्राउ गरिनु पर्ने मागमा आज एबीभीपी का कार्यकर्ता तथा सदस्यहरूले सिलगढीको गाँधीको मूर्ति नजिक धरना प्रदर्शन गर्नको साथै हस्ताक्षर संग्रह कार्यक्रमको पनि आयोजना गयो। शिक्षाको गुणवत्ता, बुनियादी ढाँचामा सुधार अनि राज्यमा विद्यार्थीहरूका लागि सबै शैक्षिक अवसर प्रदान गरिनु पर्ने संगठनको तर्फबाट माग गरिएको छ। यसको साथै प्रत्येक विश्वविद्यालयमा अकादमी क्यालेन्डर पेश गरिनु पर्ने माग पनि गरेको छ। आफुहरूको मागको समर्थनमा संगठनका सदस्यहरूले आज सिलगढीको गाँधी मूर्ति नजिक दुई दिवसीय हस्ताक्षर संग्रह अभियान शुरू गरेको छ। उक्त हस्ताक्षर पत्र सहित एउटा ज्ञापन युजीसी का चेयरम्यानलाई पठाइने भएको संगठनका राज्य सचिव शुभब्रत अधिकारीले जानकारी दिएका छन्। यदि आफुहरूको माग पूरा नगरे आगामी दिनमा बृहद आन्दोलन शुरू गर्ने तिनले चेतावनी छन्।