गाई तस्करी मामिला: अनुव्रत मण्डल गाई तस्करी मामलाका अभियुक्तको फेरि जमानत याचिका रद्द

IMG_20220907_181905.jpg

बीरभूम: अनुव्रत मण्डल जसलाई गाई तस्करीको मामिलामा पक्राउ गरिएको थियो। उनलाई फेरि अदालतमा आज पेश गरियो।अदालतले एकपल्ट फेरि तिनको अनुव्रत जमानत याचिका रद्द गरिदिएको छ। अदालतले पशु तस्करी मामिलामा बीरभूमको तृणमूल कङ्ग्रेसका जिल्ला सभाधिपतिलाई १४ दिनको अभा जेल हिरासतमा लैजाने आदेश सुनाएको छ। अनुव्रत मण्डलका वकिलले कुनै पनि शर्तमा जमानत गर्नको लागि आवेदन गरेका थिए। अदालतले जाँचको प्रगति अनि अनुव्रत मण्डललाई हिरासतमा किन राखिनु भन्ने बारे जान्न चाहँदा सीबीआई को वकिलले भने, अनुव्रत मण्डललाई गाई तस्करी मामिलामा मुख्य आरोपी इनामुलसित संलग्न रहेको प्रमाण प्राप्त भएको छ। सीबीआई को वकिलले बताए अनुसार अनुव्रत मण्डलका मानिसहरूले गाई-गोरु तस्करी गर्नको लागि सीमा शुल्क अधिकारीहरूलाई धम्काउने गर्थे। यसैले गर्दा अदालतले अनुव्रत मण्डलको जमानत अर्जी खारिज गरिदिएको हो। आगामी २१ सितम्बरमा फेरि तिनलाई अदालतमा पेश हुने आदेश दिएको छ।

About Author

Advertisement