लरियस कमब्याक अव् द ईयर पुरस्कारको निम्ति रिषभ पन्त नामांकित

IMG-20250303-WA0276

नयाँ दिल्ली: भारतीय क्रिकेट टीमका विकेटकीपर ब्याटर रिभष पन्तलाई दिसम्बर २०२२-मा भयानक कार दुर्घटनाबाट बाँचेर खेलमा पुनरागमनको निम्ति प्रतिष्ठित लरियस विश्व खेल पुरस्कार २०२५-मा कमब्याक अव् द ईयर (खेलमा पुनरागमन गर्ने सालका सर्वश्रेष्ठ खेलाड़ी) श्रेणीमा नामांकित गरियो। पुरस्कार समारोह २१ अप्रेलमा स्पेनको राजधानी म्याड्रिडमा हुनेछ। पन्त ३० दिसम्बर २०२२-मा दिल्लीबाट आफ्नो गृहनगर रुड़की जाँदा कार दुर्घटनामा परेका थिए। दुर्घटनापछि २७ वर्षीय यस खेलाड़ीको पहिला देहरादून अनि पछिबाट मुम्बईमा बीसीसीआई को विशेषज्ञ सल्लाहकारको देखरेखमा उपचार शुरु भएको थियो। दाहिने घुँड़ाको लिगामेण्टको सर्जरीपछि पन्तले राष्ट्रिय क्रिकेट एकाडमी (एनसीए) मा आफ्नो पुनर्वास पूरा गरेका थिए। चोटमुक्त भएपछि पन्तले गत वर्ष आफ्नो पहिलो म्याच आईपीएलमा खेलेका थिए। आईपीएलपछि उनले बंग्लादेशविरुद्ध टेस्ट म्याचमा पनि शतक बनाएका थिए। अहिले उनी राष्ट्रिय टीमका नियमित सदस्य हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement