अजिंक्य रहाणेलाई कप्तान नियुक्त गऱ्यो केकेआर-ले

IMG-20250303-WA0269

काेलकत्ता: इण्डियन प्रीमियर लीग (आईपीएल) २०२५ सीजनको निम्ति वर्तमान च्याम्पियन काेलकत्ता नाइट राइडर्स (केकेआर) ले दिग्गज ब्याटर अजिंक्य रहाणेलाई कप्तान अनि अलराउण्डर भेंकटेश अय्यरलाई उपकप्तान नियुक्त गऱ्यो। केकेआर-का सीईओ वेंकी मैसूरले भने, हामी अजिंक्य रहाणे जस्ता अनुभवी खेलाड़ीलाई पाएर खुशी छौं। उनले एकजना कप्तानको रूपमा टीममा आफ्नो अनुभव र परिपक्वता ल्याउनेछन्। भेंकटेश अय्यर केकेआर-को निम्ति असाधारण खेलाड़ी रहेका छन् अनि उनमा नेतृत्वको धेरै गुण रहेको छ। उनीहरूले हाम्रो खिताब बचाउने अभियानको असल शुरुवात गर्नको साथै टीममा असल तालमेल मिलाउने विश्वास छ। गत वर्ष भएको आईपीएल २०२५-को को मेगा लिलामीमा केकेआर-ले भेंकटेशलाई २३.७५ करोड़ रुपियाँ अनि रहाणेलाई १.५ करोड़ रुपियाँमा खरीद गरेको थियो। रहाणेले कप्तानी पाएपछि भने, केकेआर-को कप्तानी गर्नु सम्मानको कुरा हो, जो आईपीएलको सबैभन्दा सफल फ्रेंचाइजीहरूमा एक हो। मेरो विचारमा हामीसँग एउटा असाधारण र सन्तुलित टीम छ। म सबैसँग मिलेर काम गर्न अनि आफ्नो खिताब बचाउने चुनौतीहरूको सामना गर्नु उत्सुक छु। केकेआर-ले २२ मार्चमा खेलिने आईपीएलको उद्घाटन म्याचमा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-को सामना गर्नेछ।

About Author

Advertisement