कालचिनी। राज्य सरकार द्वारा उत्तरबङ्गालको धेरै चियाबारीहरुमा चिया सुन्दरी प्रकल्प अन्तर्गत श्रमिक आवास निर्माण लगभग भईसकेको र यसलाई अब श्रमिक परिवारहरुलाई हस्तान्तरण गर्ने समय आईरहेकोबीच चिया सुन्दरी प्रकल्पमाथि विवाद चुलिन थालेको छ भने धेरै पक्षले चिया सुन्दरी घरमा कुनै श्रमिक परिवार बस्न नमानेको तर्क दिईरहेको बेला अलिपुरद्वार जिल्लाको एसटी घोषित विधानसभाका विधायकहरुले आज कलकत्तामा पुगेर राज्यपाल जगदीप धरकर समक्ष प्रायः २००-२५० सालदेखि चियाबारी क्षेत्रमा बस्दै आईरहेको ट्राइबलहरुको अधिकार र गोर्खा र आदिवासीहरुलाई चिया सुन्दरीको नाममा दिईने आवासको ग्याजेट सरकारी नोटिफिकेशन पनि नदिएको र गोर्खा आदिवासी रहेको चियाबारी क्षेत्रमा अलग्गै ठाउँमा चिया सुन्दरीको आवास बनाउनको पछाड़ी के रहश्य छ? किन सरकारले गोर्खा आदिवासीहरुलाई शरणार्थी सरह ठानेको? एवम् चिया सुन्दरी प्रकल्पको ट्राइबल एडभाइजरी काउन्सिलसंग परामर्श लिने काम राज्य सरकारले गरोस भन्दै आज उक्त ज्ञापन सुम्पिएको कालचिनी विधायक विशाल लामाले प्रेस विज्ञप्ति मार्फत जनाएका छन।
चिया सुन्दरी चिया श्रमिकहरुको हितमा नरहेको र विशेषगरी आदिवासी र गोर्खाहरुको हितमा नरहेको व्याखा गर्दै राज्यपाल समक्ष सो ज्ञापन सुम्पिएको विधायक विशाल लामाले जनाएका छन।