जोर्डन विरुद्ध म्याचको निम्ति भारतीय टीममा फर्किए सुनिल छेत्री

IMG-20220524-WA0176.jpg

२४ मईः चमत्कारी फूटबलर सुनिल छेत्री 6 महिनापछि भारतीय टीममा फर्किन तयार छन्। उनले जोर्डन विरुद्ध २८ मईको दिन दोहामा हुने अन्तर्राष्ट्रिय मैत्री म्याचमा हिस्सा लिनेछन्। ३७ वर्षीय छेत्रीले अन्तिमपल्ट भारतीय टीमको जर्सी लगाएर अक्टोबरमा साफ च्याम्पियनशीप फाइनलमा नेपाल विरुद्ध खेलेका थिए। फाइनलमा भारत ३-०-ले विजयी रहेको थियो अनि त्यहाँदेखि उनी चोटले गर्दा बाहिर थिए। भारतीय टीमका मुख्य प्रशिक्षक इगोर स्टीमाकले कलकत्तामा अभ्यास शिविरको अवधि २५ सदस्यीय भारतीय टीमको घोषणा गरे। कप्तान सुनिल छेत्रीको साथमा ईशान पण्डित पनि टीममा फर्किएका छन् जबकि भीपी सुहैर र रहीम अली चोटले गर्दा बाहिर छन्। भारतीय टीमले २५ मईमा दोहा प्रस्थान गर्नेछ।
भारतीय टीमः
गोलकीपरः गुरप्रीत सिंह संधू, लक्ष्मीकान्त कट्टीमणि, अमरिन्दर सिंह।
डिफेण्डरः राहुल भेके, आकाश मिश्रा, हरमनजोत सिंह खाबरा, रोशन सिंह, अनवर अली, सन्देश झिंगन, शुभाशिष बोस, प्रितम कोटाल।
मीडफिल्डरः अनिरुद्ध थापा, ज्याक्सन सिंह, ग्लान मार्टिन्स, ब्रेण्डन फर्नाण्डिस, रित्विक दास, उदान्ता सिंह, यासिर मोहम्मद, सहल अब्दुल समाद, सुरेश वांगजाम, आशिक कुरुनियन, लिस्टन कोलासो।
फरवर्डः सुनिल छेत्री, ईशान पण्डित, मानवीर सिंह।

About Author

Advertisement