टुंग सन्तमेरिज समष्टि अन्तर्गत टुंगदेखि बेलटारसम्म पुग्ने सड़कको शिलान्यास

IMG-20220524-WA0174.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत टुंग सन्तमेरिज समष्टि अन्तर्गत टुंगदेखि बेलटारसम्म पुग्ने ४.६ किलोमिटरसम्मको जिपेबल रोडको मरमत्ति कार्य प्रधानमन्त्री ग्राम सड़क परियोजनाबाट निमार्ण भइरहेको छ। बाटोको अवस्था अति सोचनीय भएको हुनाले स्थानीय गाउँवासीले धेरै समस्या भोग्नु परिरहेको स्थानीय गाउँलेहरूको भनाई छ। उक्त मरमत्ति कार्यको निम्ति भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अध्यक्ष अनित थापाले पहल गरिदिएकोमा गाउँवासीले समष्टी टोलि साथै विभागीय अधिकारीलाई कृतज्ञता प्रकट गरेका छन्। उक्त शिलान्यास कार्यक्रममा टुंग सन्तमेरिज समष्टि भागोप्रमो सभापति नुरी सेर्पा, अनि खरसाङ महकुमा समिति युवा शक्ति प्रचार प्रसार सचिव रोशनहाङ सुब्बाको बाहुलीबाट पूजा अर्चना सम्पन्न गरिएको छ।
उक्त शिलान्यास कार्यक्रममा खरसाङ महकुमा समिति युवा शक्ति सभापति पेबेन्द्र गुरूङ, समष्टि प्रमुख सल्लाहकार संजय थापा, संगठनिक सचिव पुरण तामाङ, समष्टि युवा शक्ति सचिव दिपेश तामङ, एचटीडीपीएलयू जोनल सभापति तथा प्रचार प्रसार सचिव बसन्त कुलुङ राई, शाखा सभापति किसान ठकुरी, युवा शक्ति कर्म थामी, रनेश तामङ, दिपेन सिञ्चुरी, दिलाराम चिया बगान सह प्रबन्धक राम कुमार राई अनि विभागीय अधिकारीहरू लगायत स्थानीय प्रतिनिधिहरूको सहभागिता रहेको जानकारी बसन्त कुलुङ राईले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement