मक-ड्रिलको आयोजना

IMG_20220906_222202.jpg

पाकिम: आज मक-ड्रिल पाकिम जिल्ला आपदा प्रबन्धन प्राधिकरणले जिल्लास्तरीय आयोजन गऱ्यो। मक-ड्रिल डिकलिङस्थित ग्रीनफिल्ड एयरपोर्टको सम्मेलन हलमा गरिएको थियो।
जिल्लापाल टाशी छोपेलको अगुवाईमा गरिएको मक-ड्रिलमा जिल्ला प्रशासनका वरिष्ठ अधिकारीहरू, एयरपोर्टका अधिकारीहरू, बम्ब स्क्वाड, क्राइम ब्रान्च, सिक्किम पुलिस, आईआरबी जवान आदि सहभागी थिए। मक-ड्रिलको परिदृश्य एयरप्लेन हाइज्याक र यसको पाकिम हवाई अड्डामा परिणाम रहेको थियो। यस अवधि एयरपोर्टका अधिकारीहरूले स्थितिबारे जानकारी गराएका थिए।
यस अवसरमा आईआरबीका कमाण्डोहरूले रेस्क्यु अपरेशन चलाए। सबै लाइन विभागहरूले आआफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वहन गरेका थिए।

About Author

Advertisement