मणिपुर: छ जिल्लामा १०४ हतियार आत्मसमर्पण

4415204-untitled-42-copy

इम्फाल: द्वन्द्वग्रस्त मणिपुरका छ जिल्लाका जनताले स्वेच्छिक रूपमा जम्मा १०४ थान हातहतियार जम्मा गरेको पुलिसले बिहीबार जनाएको छ।
यी हतियारहरू कांगपोकपी, इम्फाल पूर्व, विष्णुपुर, थौबल, इम्फाल पश्चिम र काक्चिङ जिल्लाहरूमा बुधबार जम्मा गरिएको एक वरिष्ठ अधिकारीले बताए।
अधिकारीहरूले हतियार जम्मा गर्न दिएको सात दिनको म्याद सकिन एक दिनअघि यी हतियार जम्मा गरिएका हुन्।
मणिपुरका राज्यपाल अजय कुमार भल्लाले फेब्रुअरी २० मा द्वन्द्वग्रस्त राज्यका जनतालाई सात दिनभित्र लुटिएका र अवैध रूपमा राखिएका हतियारहरू स्वेच्छिक रूपमा जम्मा गर्न आग्रह गरेका थिए। उनले यो अवधिमा हतियार जम्मा गर्नेलाई दण्डनीय कारबाही नगर्ने आश्वासन दिएका थिए।
मुख्य सचिव पीके सिंहले फेब्रुअरी २३ मा भनेका थिए कि यदि कुनै व्यक्तिले स्वेच्छिक रूपमा हतियार जम्मा गर्न चाहन्छ भने, हतियार जम्मा गर्नको लागि सात दिनको समय पर्याप्त छ। यो अवधि सकिएपछि यस्ता हतियार बरामद गर्न सुरक्षा निकायले कारबाही गर्ने छ।
मई २०२३ देखि, इम्फाल उपत्यकाको मैतेई र वरपरका पहाडी क्षेत्रहरूमा बसोबास गर्ने कुकी-जो समूहहरू बीचको जातीय हिंसामा २५० भन्दा बढी मानिसहरू मारिएका छन् र हजारौं घरबारविहीन भएका छन्।
केन्द्रले मणिपुरमा फेब्रुअरी १३ मा राष्ट्रपति शासन लागू गरेको थियो र केहि दिनपाछि मुख्यमन्त्री एन बिरेन सिंहले आफ्नो पदबाट राजीनामा दिए।
गृह मन्त्रालयले जारी गरेको अधिसूचना अनुसार मणिपुर विधानसभा, जसको कार्यकाल २०२७ सम्म रहेको छ, निलंबित गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement