लङ्भ्यु चियाबारी राजनैतिक अखडा बनेको छ तर यहाँ सबैको सहमतिमा श्रमिकको पनि हित होस् र चिया उद्योग पनि चलोस्: सुरज सुब्बा

IMG-20250227-WA0228

खरसाङ: जोइन्ट फोरमको नेता तथा गोजमुमो समर्थित ट्रेड युनियन दार्जिलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियनको केन्द्रीय अध्यक्ष सुरज सुब्बाले खरसाङको लङ्भ्यु चियाबारी विषयमा आफ्नो प्रतिक्रिया दिएका छन्। उनले अहिले लङ्भ्यु चियाबारी राजनैतिक अखडा बनेको बताउँदै त्यहाँ अहिले एकतर्फी, कोल्टे र दिशाहीन आन्दोलन भईरहेको र कसैको नसुनी आन्दोलन गरिएको आरोप लगाएका छन्। सुब्बाले लङ्भ्यु चियाबारी सिख चियाबारी रहेको र यसको स्थिति दयनीय रहेको बताउँदै आन्दोलनले‌ लङ्भ्यु चियाबारी बन्द भएको खण्डमा‌ उनीहरुले नै जिम्मेवारी लिनुपर्छ भनी बताएका छन्।‌ उनले दार्जिलिङ पहाडका राजनैतिक पार्टीहरुमा‌ कुनै मुद्दा नभएकोले चियाबारीको मुद्दालाई राजनैतिक मुद्दा बनाईरहेको र चियाबारीको मुद्दा राजनैतिक नभएर उद्योगीय मुद्दा रहेको जुन नाफा‌‌ नोक्सानको कुरा आउने बताएका छन्। सुरज सुब्बाले लङ्भ्यु चियाबारी विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सुरज सुब्बाले भने, लङ्भ्यु चियाबारीमा भईरहेको आन्दोलनमा अगुवाई गर्नेहरुले कसैको कुरा सुन्दैनन्। भोलिको दिनमा लङ्भ्यु चियाबारी कोल्याप्स भएको खण्डमा उनीहरुले जिम्मेवारी लिनुपर्छ।’
सुरज सुब्बाले लङ्भ्यु चियाबारीलाई लिएर जोइन्ट फोरम र डीटीडीपीएलयुले काम गरिरहेको छ भनी बताएका छन्। उनले लङ्भ्यु चियाबारीमा कुनै सर सल्लाहबिना नै दिशाहीन रुपमा आन्दोलन नहोस् तर सहमतिमा आएर काम गर्नुपर्छ जसमा श्रमिकको पनि हित होस् र चिया उद्योग पनि राम्ररी चलोस् भनी बताएका छन्। उनले काम गर्न श्रमिकको पनि नोक्सान नहोस् र मालिकको पनि नोक्सान नहोस् भनी बताएका छन्। सुब्बाले श्रमिकको पीएफ, ग्राजुएटी र भविष्यनिधिमा पनि कुनै धक्का नपुगोस् भनी बताएका छन्।

About Author

Advertisement