जलपाईगुडी: एक २७ वर्षीया महिलाले सेवोक कारनेशन ब्रिजबाट हामफालेर आत्महत्या गरेकी छन्।
खबर पाएलगत्तै कालिम्पोङ जिल्लाको मोंगपोंग पुलिस घटनास्थल पुगे। मृतक युवतीको नाम सम्पा गुप्ता रहेको पुलिस स्रोतले जनाएको छ।
सम्पा गुप्ता जलपाईगुडी जिल्लाको अम्बारी पुलिस स्टेशन क्षेत्रका निवाशी हुन्। पुलिसले शव बरामद गरी मोंगपोंग पुलिस चौकीमा ल्याएको छ।
मृतकका परिवारलाई खबर पनि गरिएको छ ।
उनले किन आत्महत्या गरिन् भन्ने विषयमा पुलिसले अनुसन्धान गरिरहेको छ।