बीएड कलेज र पूर्व विद्यार्थी सङ्गठनले आयोजना गऱ्यो मेराथन

IMG-20250227-WA0256

सोरेङ: सरकारी बीएड कलेज सोरेङ र कलेजकै पूर्व विद्यार्थी सङ्गठन अपरम-को सहकार्यमा आज जनचेतनामुलक मेराथन दौड़ आयोजना गरियो। रन फर मेन्टल हेल्थ-को नारा दिएर आयोजना गरिएको मेराथन दौड़मा राज्यका विभिन्न स्थानबाट धावकहरूले सहभागिता जनाएका थिए। मेराथन दौड़्को फ्लयाग अफ् मंगलबारेका खण्ड विकास अधिकारी मन्दिप सुब्बाले गरेका थिए।
पुरुष अनि महिला वर्गमा आयोजित मेराथनमा पुरुष वर्गमा डम्बर कुमार बस्नेत प्रथम भए भने गङ्गा हाङ सुब्बा र इमरान अन्सारी क्रमैले दोस्रो र तेस्रो बने। यसरी नै महिला वर्गमा अञ्जली सुब्बा प्रथम, चन्द्र कला शर्मा दोस्रो र मीणा कुमारी सुब्बा तेस्रो बनिन्। पुरस्कार वितरण समारोहमा मुख्य अथिति रहेका बीएड कलेजका प्राचार्य डा. देवी कला लामाको बाहुलीबाट विजेताहरूलाई पुरस्कार प्रदान गरियो। विजेताहरूलाई मेडलको साथमा नगद पुरस्कार पनि प्रदान गरियो।
यस अवसरमा पूर्व विद्यार्थी सङ्गठन अपरम-का महासचिव विवेक दाहालले आजको मेराथान दौड़को नारा (थीम) मानसिक स्वास्थ्यमाथि वार्ता प्रस्तुत गरेका थिए।

About Author

Advertisement