नाम्चीमा अन्तरराज्य युवा एक्सचेन्ज कार्यक्रम शुरु

IMG-20250225-WA0261

नाम्ची: नाम्चीस्थित अफिसर्स क्लवमा चार दिवसीय अन्तर राज्य युवा एक्सचेन्ज कार्यक्रम शुरु भयो। नेहरू युवा केन्द्र नाम्चीले भारत सरकारको युवा मामिला एवं खेलकूद मन्त्रालयको सहकार्यमा आयोजित गरेको चार दिवसीय कार्यक्रमको उदघाटन नामथाङका महकुमा अधिकारी प्रवीण गौतमले गरे। यस लगायत खेलकूद एवं युवा मामिला विभागका अतिरिक्त निर्देशक भुपेन्द्र कुमार छेत्री, नाम्ची पुलिस थानामा एसआई सीके प्रधान पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि गौतमले नेहरू युवा केन्द्रद्वारा आयोजित कार्यक्रमलाई सराहना गरे। भारत सरकारको युवा एवं खेलकूद मन्त्रालयले गरेको यस प्रकारको पहललाई खुलेर प्रशंसा गर्दै यस प्रकारको कार्यक्रमको उद्देश्य भारतको विविधतामा एकता मनाउनु, नागरिकहरू बीच भावनात्मक बन्धनलाई सुदृढ पार्नु, राज्यहरू र केन्द्र शासित प्रदेशहरूबीच एकतालाई प्रवर्द्धन गर्नु रहेको जानकारी गराए। यसले प्रत्येक राज्यको समृद्ध सम्पदा, संस्कृति र परम्पराहरू प्रदर्शन गर्ने बताए। यस प्रकारको पहलले राष्ट्रको अन्तर्निहित एकतालाई जोड दिनको साथै पारस्परिक धरोहर, विभिन्न क्षेत्रहरूले सामना गर्ने चुनौतीहरूको ज्ञान र विविध रीतिरिवाजहरूको सम्मान गर्न प्रोत्साहित गरिने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement