पाकिस्तानको निम्ति भारतको बी टीमलाई पराजित गर्नु पनि मुश्किल हुन्छ: गावस्कर

IMG-20250225-WA0205

नयाँ दिल्ली: च्याम्पियन्स ट्रफीबाट बाहिर भएको एक दिनपछि पाकिस्तान क्रिकेट टीमको कड़ा आलोचना शुरु भएको छ। महान क्रिकेटर सुनिल गावस्करले त पाकिस्तानको निम्ति दोस्रो श्रेणीको भारतीय टीमलाई पराजित गर्नु पनि चुनौतीपूर्ण हुने बताएका छन्। २०२३ वनडे वर्ल्ड कपको फाइनलिष्ट भारतले आइतवार दुबईमा च्याम्पियन्स ट्रफीको म्याचमा गत च्याम्पियन पाकिस्तानलाई ६ विकेटले पराजित गऱ्यो। यसरी भारतले आफ्नो चीरप्रतिद्वन्द्वी टीममाथि हावी हुन जारी राख्यो। गावस्करले भने, मेरो विचारमा बी टीम (भारतको)-ले पनि निश्चित रूपले (पाकिस्तानको टीमलाई) कड़ा चुनौती दिन सक्नेछ। सी टीमबारे चाहिँ म आश्वस्त छुइनँ तर वर्तमान लयको साथ पाकिस्तानको निम्ति बी टीमलाई पराजित गर्नु पनि मुश्किल हुनेछ। पाकिस्तानले १९९६ पछि पहिलोपल्ट आईसीसी टुर्नामेण्टको आयोजन गरिरहेको छ अनि शनिवार न्यूजील्याण्डले ग्रुप ए-को म्याचमा बंग्लादेशलाई पराजित गर्नको साथै पाकिस्तान टुर्नामेण्टबाट बाहिर भयो। पाकिस्तानले टुर्नामेण्टमा अहिलेसम्म आफ्नो दुवै म्याच हारेको छ।
साल २०१७-मा च्याम्पियन्स ट्रफी जितेपछि पाकिस्तानको क्रिकेट स्तरमा ह्रास आएको छ अनि टीम गत दुईवटा वनडे वर्ल्ड कपमा पाँचौं स्थानमा रह्यो। गावस्करले भने, मेरो विचारमा यस्तो बेञ्च स्ट्रेन्थको कमीले गर्दा भएको हो। पाकिस्तानमा शुरुदेखि नै प्राकृतिक प्रतिभा रहेको छ। यसैकारण उनीहरू सदा तक्निकी रूपले सही हुन सक्दैनन्। उनीहरूसँग ब्याट र बलको सहज ज्ञान थियो। यस्ता प्रतिभाहरूलाई निखार्नु पर्छ। यसमा समय लाग्छ तर परिणाम पनि अघि आउँछ। इञ्जमाम-उल-हकलाई हेर्नु होस्। तपाईं उनको शारीरिक हावभाव हेर्नु होस्। कुनै पनि युवा खेलाड़ीलाई यस्तो गर्ने सल्लाह दिन सकिँदैन तर उनको स्वभाव धेरै राम्रो थियो। उनले यस प्रकारको स्वभावको साथ आफ्नो तक्निकी कमीलाई पूरा गरे। गावस्करले बताएअनुसार, पाकिस्तान सुपर लीग र सेतो बलको घरेलु टुर्नामेण्ट रहे पनि पाकिस्तानले गुणवत्ता भएको खेलाड़ीहरू तयार गर्न संघर्ष गर्नु परिरहेको छ। पूर्व भारतीय कप्तानले भने, भारतले व्हाइट बल क्रिकेटमा यति धेर प्रतिभा कसरी जन्माएको छ भन्ने सोच्नु पर्छ। यो आईपीएल-ले गर्दा हो। त्यहाँबाट खेलाड़ीहरू रणजी ट्रफी हुँदै राष्ट्रिय टीममा खेल्छन्। यसबारे पाकिस्तान क्रिकेटले विश्लेषण गर्नु पर्नेछ। पहिला जस्तै बेञ्च स्ट्रेन्थ अहिले किन छैन भन्ने उनीहरूले खोजेर निकाल्नु पर्नेछ।

About Author

Advertisement