सिलगढीदेखि दार्जिलिङ जाने गाडीहरुका लागि खरसाङमा‌ रोक्नलाई स्थान परिवर्तन

IMG-20250225-WA0230

खरसाङ: खरसाङ बजारमा ट्राफिक जामको समस्या समाधानका लागि सिलगढीबाट खरसाङ भएर दार्जिलिङतर्फ जाने गाडीहरुका लागि प्यासेञ्जरहरु झार्ने र चढाउने ठाउँ परिवर्तन गरिएको छ।‌ पहिला पहिला खरसाङको मोटर स्ट्याण्डदेखि केही रहेको हिल कार्ट रोड क्षेत्रमा थियो भने अब स्थान परिवर्तन गरिएको छ।‌ अबदेखि सिलगढीदेखि दार्जिलिङ जाने गाडीहरुले प्यासेञ्जरहरु झार्न र चढाउने कार्य हिल कार्ट रोडको कुमाई स्टुडियोदेखि वाइट अर्किडसम्मको स्थानहरुमा मात्र गर्न सकिने भएको छ। उक्त जानकारी खरसाङ ट्राफिक पुलिसको ओसी बीरेन्द्र छेत्रीले दिएका छन्। उनले यो नियम बुधबारदेखि लागू हुने पनि बताएका छन्। उनले खरसाङ बजारमा ट्राफिक जामको समस्या समाधानका लागि उक्त निर्णय गरिएको बताएका छन्। खरसाङ ट्राफिक पुलिसको ओसी बीरेन्द्र छेत्रीले बताए अनुसार खरसाङ बजारमा सर सामानहरु लोड र अनलोड गर्ने कार्य पनि बिहान ७ बजीभन्दा अघि अनि राती 8 बजीपछि गर्नु पर्ने बताएका छन्‌। यदि कुनै पनि गाडीले बिहान ७ बजेदेखि पछितिर र राति ८ बजी अघि लोड र अनलोड गरिएको पाए कार्वाही गरिने भएको जानकारी गराएका छन्‌‌। उनले खरसाङ बजारमा ट्राफिक जामको समस्या समाधानका लागि बाइकहरु पनि जताभावी पार्किङ नगरिने तर तोकिएको ठाउँमा मात्रा पार्किङ गरिदिने आह्वान् गरेका छन्। उनले सरकारी गाडीहरु पार्किङको लागि वर्ध्दमान रोडमा‌ तोकिएको पनि जानकारी गराएका छन्‌‌।‌ उनले खरसाङ बजारमा ट्राफिक जामको समस्या समाधानका लागि यो सबै निर्णयहरु गर्नु परेकोले सबैलाई साथ र सहयोगको लागि अनुरोध पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement