ग्रिल बनाउने कारखानामा आगलागी

Chhetriya-Samachar-1

सिलगढी: फुलबाडीगमा आगलागी भएको छ। फुलबाडीकाे पश्चिम धनतला गाउँमा रहेको ग्रिल बनाउने एउटा कारखानामा सोमबार बिहान आगलागी भएको छ।
आगलागीमा कुनै मानवीय क्षति नभएपनि कारखाना रहेको क्षेत्रमा धेरै घर भएकाले आगलागीले क्षेत्रमा अराजकता मच्चाएको छ। आगलागीको खबर पाएलगत्तै मानिसहरु घरबाहिर निस्केर कारखाना अगाडि जम्मा भएका थिए।
यसैबीच आगलागीको खबर पाएलगत्तै सिलगढीको फुलबाडीबाट दमकल र न्यू जलपाईगुडी थानाको पुलिस त्यहाँ पुग्यो। दमकल पुगेपछि केही समयमै आगो नियन्त्रणमा लिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement