भ्लादिमिर पुटिन र सी जिनपिङबिच फोनबार्ता

IMG-20250224-WA0254

न्यू दिल्ली: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोनमा कुराकानी गरेका छन्। दुवै देशले यसको पुष्टि गरिसकेका छन्। युक्रेनमा रुसको आक्रमण भएको तीन वर्ष बित्नै लाग्दा पुटिन र सीबिच कुराकानी भएको हो। 
चीनका अनुसार पुटिनले राष्ट्रपति जिनपिङलाई साउदी अरेबियामा भएको शान्ति वार्ताको बारेमा जानकारी गराएका थिए, जहाँ रुस अमेरिकासँग वार्ताका लागि बसेका थिए। हालै, यो युद्ध अन्त्य गर्न साउदी अरेबियामा अमेरिकी विदेशमन्त्री मार्काे रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभबीच शान्ति वार्ता भएको थियो। यस वार्तामा अमेरिकाले युक्रेनलाई बोलाएको थिएन। यसबारे युक्रेनले असन्तुष्टि व्यक्त गरेको थियो।

About Author

Advertisement