दार्जीलिङ: बिजनबारी एक्स-आर्मी फूटबल एसोसिएशनको तत्त्वावधानमा फोर्टी प्लस (४०+) भेटरन्स टुर्नामेण्टको आयोजन गरिनेछ। टुर्नामेण्टका सबै म्याचहरू भी.एस.एच.एस. स्कूल मैदानमा खेलिनेछ। यस सेवेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क ३ हजार रुपियाँ रहेको छ। अन्य जानकारीहरू आयोजक समितिद्वारा जारी सर्कुलरमा उपलब्ध रहेको छ।










