प्रकृति लम्साल र रिंकु सदालाई न्यायको माग गर्दै बालबालिका द्वारा मैनबत्ती जुलुस

IMG-20250221-WA0267

काठमाडौं( देवेन्द्रकिशोर ढुङगाना ): प्रकृति लम्साल र सिरहामा बलात्कारमा ज्यान गुमाएका रिंकु सदालाई न्यायको माग गर्दै साँझ वीरगन्जका युवाले मैनबत्ती जुलुस निकालेका छन्। उक्त शोभायात्रामा भारतको ओडिशा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत १५९ विद्यार्थी रक्सौल हुँदै स्वदेश फर्किएका थिए। केआईआईटीमा अध्ययनरत छात्रा प्रकृति लम्सालको शङ्कास्पद मृत्यु भएपछि उत्पन्न कठिन परिस्थितिका कारण यी सबै विद्यार्थी घर फर्किएका हुन्। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले १५९ विद्यार्थी रक्सौल हुँदै घर फर्किएको जानकारी दिए।  लम्साल र सदाको अस्वाभाविक मृत्युको न्यायिक छानबिन हुनुपर्ने उनीहरुको माग छ।

About Author

Advertisement