स्रष्टा सङ्गमको मुख पत्र वनपाखा लोकार्पण

IMG-20250221-WA0266

कालेबुङ: भारतीय नेपाली भाषी इसाई स्रष्टाहरुको साझा मञ्च स्रष्टा सङ्गमको मुख पत्र वनपाखा कालेबुङमा आयोजित पाँचौं वार्षिक सम्मेलनमा लोकार्पण गरिएको छ। उक्त पत्रिका पूर्व अध्यक्ष रवि रोदन अनि पूर्व सचिव हनोक थापाको सम्पादनमा र स्रष्टा सङ्गमको प्रकाशनमा प्रकाशित गरिएको छ। उक्त वन पाखा पत्रिका प्रमुख अतिथिको रुपमा उपस्थित वरिष्ठ गायक एंव संगीतकार जोहन डी खवास, डा. अञ्जना राई, रेभरेन्ट डा छत्र सुब्बा पावल, क्यामुना प्रधान, विशप रेभरेन्ट हेमन्त काँफ्ले, रेभरेन्ट जोनाह बल, स्रष्टा सङ्गमको उपाध्यक्ष एल्डर पत्रुस गुरुङ आदिको बाहुलीबाट आदिबाट लोकार्पण गरिएको छ। यस लोकार्पण कार्यक्रमलाई सभापति एल्डर राजु राईले सञ्चालन गरेका थिए भने पत्रिका समर्पणको प्रार्थना पास्टर किङचर लेप्चाले गरेका थिए। उक्त वनपाखा पत्रिका सिक्किमको गान्तोकमा गत वर्ष २०२४ मा स्रष्टा सङ्गमको चौथो वार्षिक सम्मेलनमा पठन गरिएको रचनाहरू र अन्यलाई संकलन गरेर प्रकाशित गरिएको छ। योभन्दा अघि हनोक थापाको सम्पादनमा स्रष्टा सङ्गमको पत्रिका दृष्टि प्रकाशित गरिएको थियो। उक्त लोकार्पण गरिएको पत्रिका विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सम्पादक रवि रोदनले स्रष्टा सङ्गमको मुख पत्र पाँचौं वार्षिक सम्मेलन कालेबुङमा लोकार्पण गरिएको जानकारी गराएका छन्‌‌। उनले यो पत्रिका स्रष्टा सङ्गमको चौथो वार्षिक सम्मेलनमा वाचन गरिएका रचनाहरु र अन्यलाई संकलन गरेर प्रकाशित गरिएको बताउँदै यसपाली कालेबुङमा आयोजित पाँचौं वार्षिक सम्मेलनमा वाचन गरिएका रचनाहरुलाई पनि संकलन गरेर अर्को वर्ष फेरि प्रकाशित गरिने भएको जानकारी गराएका छन्‌‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement